Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा कारागारमा रहेका एमाले नेता टोबहादुर रायमाझी प्रतिनिधिसभा निर्वाचनका लागि अर्घाखाँचीबाट उम्मेदवार सिफारिस भएका छन् ।
एमाले पूर्वसचिव रायमाझीसँगै जिल्ला अध्यक्ष पिताम्बर भुसाल, बिजुला रायमाझी, वमबहादुर विश्वकर्मा र भोजबहादुर शाहको नाम सिफारिस गरिएको हो ।
एमाले केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न जिल्ला कमिटीको बैठकले पांचजनाको नाम सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको कार्यालय सचिव लिलाबहादुर बिकले जानकारी दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij