Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

खैरो हिरोइनसहित पक्राउ

खैरो हिरोइनसहित पक्राउ

  • काठमाडौं । कञ्चनपुरको बेलडाँडी गाउँपालिका चवन्नीबाट ठुलो परिमाणको खैरो हिरोइनसहित एक युवक पक्राउ परेका छन्।

    onlinepatrika
    Arghakhachi

    विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाउँपालिका २, चवन्नी खल्लास्थित ‘आउट अफ जोन’ रिसोर्ट नजिकबाट १८ वर्षीय निशान्त रानालाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहोराका अनुसार लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा लागुऔषध ब्यूरो र इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्कास्पद अवस्थामा रहेका रानालाई जाँच गरेको थियो।

    AGNI GROUP

    बरामद सामग्री जाँचका क्रममा रानाले साथमा लुकाइछिपाई राखेको सेतो प्लास्टिकभित्र लागुऔषध खैरो हिरोइन २१ ग्राम १३० मिलिग्राम खैरो धुलो पदार्थ फेला परेको उनले बताए। पक्राउ परेका रानालाई नियन्त्रणमा लिएर लागुऔषध ऐनअन्तर्गत थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij