Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्जको जनजीवन सामान्य बन्दै

  • काठमाडौं । सर्वदलीय/सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको विरोध प्रदर्शनका सम्बन्धमा सहमति भई टुङ्गो लगेपछि आज बिहानदेखि वीरगञ्जको जनजीवन सामान्य बन्दै गइरहेको छ।

    onlinepatrika
    Arghakhachi

    लगातार दुई दिनदेखि विरोध प्रदर्शनका कारणले यहाँ ‘कर्फ्यू’ जारी गरिएको थियो। मंगलबार बेलुकादेखि भने यहाँका बजार छिटछुट रूपमा खुले पनि आजदेखि जनजीवन सामान्यतर्फ अघि बढेको छ। यहाँका विद्यालय, बजार, उद्योगधन्दा तथा कलकारखाना पनि पूर्णमा रूपमा सञ्चालनमा आएका छन्।

    AGNI GROUP

    पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्जको जनजीवन सामान्य बन्दै गइरहेको बताए। “सर्वदलीय तथा सर्वपक्षीय बैठकमा सहमति जुटेसँगै यहाँको जनजीवन सामान्य भइरहेको हो”, उनले भने।

    प्रमुख जिल्ला अधिकारी दाहालले सामाजिक र धार्मिक आस्थासँग जोडिएको विषयमा दुई समुदायबीच विवादको अवस्था सिर्जना हुनसक्ने भएकाले सम्भावित जोखिमलाई मध्यनजर गरेर शान्ति सुरक्षा कायम राख्न कर्फ्यू आदेश जारी गरिएको बताए। सम्भावित जोखिम हुन नदिन र अवस्था सामान्य बनाउन सोमबारदेखि यहाँ कर्फ्यू लगाइएकामा सर्वपक्षीय बैठकमा सहमति जुटेसँगै कर्फ्यू हटाइएको उनले जानकारी दिए।

    स्थानीय प्रशासनले लगाउँदै आएको कर्फ्यू हटाइएसँगै वीरगञ्जको बजारमा सर्वसाधारणको चहलपहल देखिएको छ भने वीरगञ्जको मेनरोडमा रहेका पसलहरू सञ्चालनमा आएका छन्। यस्तै रिक्सा, टाँगा, मोटरसाइकल तथा अन्य सवारीसाधन पनि पूर्ववत् रुपमा चलिरहेका छन्।

    जिल्ला प्रशासन कार्यालयको अगुवाइमा मंगलबार बसेको सर्वदलीय/सर्वपक्षीय बैठकले सहमति जुटाएसँगै सोमबारदेखि लगाइएको कर्फ्यू मंगलबार दिउँसो ३ः०० बजेदेखि हटाइएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij