Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ स्थित फेरी जङ्गलमा गएराति भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ४ जनाको मृत्यु पुष्टि भएको र अन्य २३ जना घाइते भएका जानकारी दिए ।
उनका अनुसार नेपालगञ्ज कोहलपुर न.पा. ५ की कामना शर्माको शंखरापुर अस्पतालमा, ताप्लेजुङ पाथीभरा -५ कि इन्दिरा लिम्बु स्तुपा सामुदायिक अस्पताल चुच्चेपाटीमा, सिराह कि शान्ती गुप्ताको एनएमसी अस्पतालमा र पाँचथरका देबेन्द्र लिम्बु एनएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।
नेचर हाउस एन्ड हर्व इन्टरनेस्नल कम्पनीबाट पिकनिक फर्कने क्रममा बा ४ ख ८७८८ नम्बरको बस दुर्घटना भएको हो। घाइतेको काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij