Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आइलेन्स प्रयोग गरी जुवा खेलाउने ४ जेल चलान, ३ छुटे

आइलेन्स प्रयोग गरी जुवा खेलाउने ४ जेल चलान, ३ छुटे

  • काठमाडौं । आइलेन्सको प्रयोग गरी जुवामा ठगी गरेको आरोपमा पक्राउ परेका ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । एक चिनियाँ नागरिक र दुई नेपाली महिलालाई भने क्रमशः पाँच लाख रुपैयाँ र १ लाख रुपैयाँ धरौटी लिई छाडिएको छ ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौंको ठमेलस्थित छायाँ सेन्टरमा रहेको वाल्डो डाइनास्टी इनटर्टेन्मेन्ट प्रालिमा क्यासिनो खेल्ने क्रममा आइलेन्सको प्रयोग गरी ठगी गरेको आरोपमा  चिनियाँ, भारतीय र नेपाली नागरिक पक्राउ परेका थिए ।

    AGNI GROUP

    पक्राउ पर्नेमा  हङकङ वाङ पु फा युआन जोउका क्यासिनो सञ्चालक च्यान म्यान चिङसहित  भारतको उत्तर पश्चिम दिल्लीका सुरेश महाजन, उत्तराखण्ड देहरादूनका प्रमोद मौर्य, देहरादूनकै विक्रम सिंह र हरियानाका दिनेश वर्मा थिए ।

    यस्तै पक्राउ पर्ने नेपालीहरुमा सुनसरी रामधुनीका चिजा खड्का र काठमाडौं टोखाकी भवानी पाण्ड़े थिए ।

    चिनियाँ नागरिक चिङ पाँच लाख धरौटीमा छुटेका छन् भने नेपाली नागरिक १ लाख धरौटी तिरेर छुटेको प्रहरीले जनाएको छ । अन्य भारतीय नागरिकलाई भने पुर्पक्षका लागि कारागार पठाइएको छ ।

    क्यासिनोबाट प्रहरीले आइलेन्स, तास, नगद रकम, मोबाइल फोन, राहदानी, एटिम कार्ड लगायतका सामग्री बरामद गरेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij