Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अदालतमा बयान फेरेका दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

अदालतमा बयान फेरेका दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा बयान फेरेको आरोपमा दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    कैलालीको चुरे गाउँपालिका–६ का प्रेमसिंह ठगुन्ना र गोदावारी नगरपालिका–२ का किसनसिंह साउदविरुद्ध बिहीबार (पुस २४) विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

    AGNI GROUP

    प्रतिवादी वरिष्ठ वन अधिकृत पूर्णशंकर यादव भएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षीका रूपमा अख्तियारले ठगुन्ना र साउदलाई अदालतमा पेस गरेको थियो ।

    तर, अदालतसमक्ष आयोगमा दिएको भन्दा व्यहोरा र तथ्य समेत हुने गरी प्रतिकूल बकपत्र गरेपछि उनीहरूविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । दायर मुद्दामा उनीहरूसँग सात लाख ३१ हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij