Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स

पाँच महिनामा भित्रियो ८ खर्ब ७० अर्ब रेमिट्यान्स

  • काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनामा ८ खर्ब ७० अर्ब ३१ करोड रुपैयाँ बराबरको विप्रेषण आप्रवाह (रेमिट्यान्टस) भित्रिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार पाँच पहिनामा रेमिट्यानस ३५.६ प्रतिशतले बृद्धि भएको छ ।

    onlinepatrika
    Arghakhachi

    अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ४.७ प्रतिशतले बढेको थियो । २०८२ मङ्सिर महिनामा मात्रै विप्रेषण आप्रवाह रु. १८३ अर्ब १८ करोड रहेको छ । अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह रु. ११८ अर्ब ७९ करोड रहेको थियो ।

    AGNI GROUP

    समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या १ लाख ७५ हजार ५९१ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या १ लाख ६३ हजार ९२४ रहेको छ ।

    अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः १ लाख ९० हजार ३८४ र १ लाख ३५ हजार ४२५ रहेको थियो । समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.९ खर्ब ५४ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.७०० अर्ब ४३ करोड रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij