Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । पूर्वश्चिम राजमार्गको मकवानपुरको ज्यामिरेमा आइतबार ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।
हेटौंडाबाट चितवनतर्फ गइरहेको ना ४ ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ जाँदै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका-७ का ४० वर्षीय सूर्यबहादुर मोक्तानको मृत्यु भएको हो।
ट्रक र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक मोक्तानको मनहरीस्थित अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवन लगिएको थियो। चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी मकवानपुरका प्रवक्ता डीएसपी पुस्कर बोगटीले बताए। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उनले बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij