Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पक्राउ

भरूवा बन्दुकसहित दुई जना पक्राउ

भरूवा बन्दुकसहित दुई जना पक्राउ

  • काठमाडौँ । कपिलवस्तु र स्याङ्जाबाट एकनाले भरूवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    कपिलवस्तुको कृष्णनगर नगरपालिका–१२ नरैनापुर बस्ने ४२ वर्षीय विनोद ओझालाई एकनाले भरूवा बन्दुक १ थानसहित प्रहरीले पक्राउ गरेको छ ।

    AGNI GROUP

    इलाका प्रहरी कार्यालय कृष्णनगर र प्रहरी चौकी बेदर्मीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो ।

    त्यस्तै स्याङ्जाको विरूवा गाउँपालिका–६ लेवा बस्ने ७२ वर्षीय राम बहादुर सुनारलाई एकनाले भरूवा बन्दुक १ थान र भरूवा बन्दुक बनाउन प्रयोग हुने विभिन्न औजारहरूसहित प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय स्याङ्जा र प्रहरी चौकी बिरूवाअर्चलेबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हातहतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij