Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

तेन्जिङ नोर्गे स्मृति खुला आरोहण प्रतियोगिता मे २९ मा आयोजना हुने

तेन्जिङ नोर्गे स्मृति खुला आरोहण प्रतियोगिता मे २९ मा आयोजना हुने

  • काठमाडौं । स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाको स्मृतिमा आयोजना हुँदै आएको खुला आरोहण प्रतियोगिता–२०२६ को मिति परिवर्तन गरिएको छ। नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघ (एनएनएमजीए) र युएस नेपाल क्लेम्बर्स एसोसिएसनको संयुक्त आयोजनामा हुने प्रतियोगिता अब आगामी मे २९ मा आयोजना हुने भएको छ।

    onlinepatrika
    Arghakhachi

    यसअघि प्रतियोगिता जनवरी २९, २०२६ मा आयोजना गर्ने तयारी गरिएको थियो। तर विशेष कारणवश मिति परिवर्तन गरिएको आयोजक संस्थाले जनाएको छ। आइतबार काठमाडौंस्थित क्रिम्पान्जी एडभेन्चर हबमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले नयाँ मिति सार्वजनिक गरेको हो।

    AGNI GROUP

    आयोजकका अनुसार सगरमाथा (एभरेस्ट) को पहिलो सफल आरोहण सन् १९५३ मे २९ मा सम्पन्न भएको ऐतिहासिक दिनको सम्मानस्वरूप प्रतियोगिताको मिति परिवर्तन गरी सोही दिन पारिएको हो।

    स्वर्गीय तेन्जिङ नोर्गे शेर्पाको साहस, योगदान र विश्व पर्वतारोहण क्षेत्रमा पुर्‍याएको अतुलनीय योगदानको सम्मानस्वरूप मे २९ लाई प्रतियोगिताको स्थायी मितिका रूपमा अघि बढाउने निर्णय गरिएको आयोजक समितिले जनाएको छ।

    गत दुई वर्षदेखि निरन्तर आयोजना हुँदै आएको यो प्रतियोगिता नेपाली साहसिक खेलको प्रवर्द्धन, खेल आरोहण संस्कृतिको विकास तथा युवापुस्तालाई पर्वतारोहणतर्फ आकर्षित गर्ने उद्देश्यसहित सञ्चालन हुँदै आएको छ। नेपालमा विकासोन्मुख खेल आरोहणलाई संस्थागत रूपमा अगाडि बढाउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्दै आएको आयोजकको भनाइ छ।

    आयोजक संस्थाले प्रतियोगिता सफल बनाउन सम्बन्धित सरकारी निकाय, सरोकारवाला संघ–संस्था, प्रायोजक, सञ्चारमाध्यम तथा व्यक्तिगत तहबाट सहयोग, सहकार्य र सकारात्मक सहभागिता प्राप्त हुने अपेक्षा व्यक्त गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij