Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रशान्त तामाङको दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने

प्रशान्त तामाङको दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने

  • काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको दार्जिलिङमा सम्मानसहित अन्त्येष्टि गरिने भएको छ ।

    onlinepatrika
    Arghakhachi

    दिल्लीको दिनदयाल अस्पतालमा पोस्टमार्टम गरिएपछि आज सोमबार गायक तथा अभिनेता प्रशान्त तामाङको पार्थिव शरिरलाई बागडोग्रा हुँदै जन्मथलो दार्जिलिङमा लगिने बताइएको छ । उनको सम्मानसहित अन्त्येष्टि गरिने स्थानीय सरकारले जानकारी दिएको छ ।

    AGNI GROUP

    सन् २००७ मा भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि प्रशान्त लोकप्रिय बनेका थिए । पहिलो पटक नेपाली मुलका गायक इण्डियन आइडलमा गएको भन्दै उनलाई जिताउन नेपालमा पनि अभियाननै चलाइएको थियो ।

    कोलकोता प्रहरीका जागिरे रहेका प्रशान्त इन्डियन आइडल जितेपछि जागिर छोडेर गायन र अभिनयमा केन्द्रित बनेका थिए । उनले नेपाली फिल्ममा अभिनयसहित कैयौं गीत गाएका छन् ।

    तामाङको आइतबार ४३ वर्षको उमेरमा हृदयघातका कारण दिल्लीमा निधन भएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij