Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । संयुक्त विद्यार्थी संगठन र छ कम्युनिस्ट पार्टीहरूले भोलि २९ पुसमा काठमाडौँ उपत्यका बन्दको आह्वान गरेका छन् । वर्तमान संसदीय व्यवस्थालाई 'दलाल पूँजीवादी' को संज्ञा दिँदै उनीहरूले आसन्न निर्वाचन बहिष्कार गर्ने निर्णय गरेका हुन् ।
आज जारी संयुक्त प्रेस वक्तव्यमा पछिल्लो समयको ‘जेनजी विद्रोह’ लाई संसदीय राजनीतिको स्वार्थका लागि प्रयोग गरिएको भन्दै असन्तुष्टि जनाइएको छ । विद्यार्थी संगठनहरूका अनुसार यो विद्रोह केवल नयाँ सरकारका लागि नभई भ्रष्टाचार, बेरोजगारी र परनिर्भर व्यवस्थाविरुद्ध थियो । वक्तव्यमा शिक्षा क्षेत्रमा बढ्दो निजीकरण र व्यापारीकरणले विद्यार्थीको भविष्य अन्धकार बनाएको उल्लेख गर्दै यो व्यवस्था अन्त्य नभएसम्म समस्या समाधान नहुने निष्कर्ष निकालिएको छ ।
बन्दका क्रममा सम्पूर्ण शिक्षण संस्था, यातायात, उद्योग–कलकारखाना, व्यापार–व्यवसाय तथा सरकारी–गैरसरकारी कार्यालयहरू बन्द गरी सहयोग गर्न अपिल गरिएको छ । वक्तव्यमा अखिल ९क्रान्तिकारी० का अध्यक्ष विरेन्द्र शाह, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष मनिष भट्टराई, जनपक्षीय विद्यार्थी युनियनकी सुनिता बुढाथोकी लगायतका नेताहरूले हस्ताक्षर गर्दै स्वाधीन संयुक्त जनसरकार निर्माणका लागि गोलबद्ध हुन आग्रह गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij