Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । सिन्धुलीको तीनपाटन गाउँपालिका–३, कोल्वोटेकी ५३ वर्षीया टंकमाया बुढाथोकीको हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक लालध्वज सुवेदीका अनुसार यही पुस ८ गते राति बुढाथोकीको हत्या भएको थियो । घटनामा संलग्न रहेको अभियोगमा तीनपाटन गाउँपालिका–३ का ३० वर्षीय दीपक भन्ने शान्तिबहादुर बुढाथोकी र २९ वर्षीय चुक्तबहादुर कटुवाललाई पक्राउ गरिएको हो ।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप लिई थप अनुसन्धान अगाडि बढाइएको सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij