Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

प्रतिनिधिसभा निर्वाचनः सङ्खुवासभामा तयारी तीव्र

प्रतिनिधिसभा निर्वाचनः सङ्खुवासभामा तयारी तीव्र

  • काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर जिल्ला प्रशासन कार्यालयले सुरक्षा योजना तयार गरेको छ। निर्वाचनका लागि एकीकृत सुरक्षा योजनाका साथ जिल्लास्थित सुरक्षा निकाय परिचान गरिने छ।

    onlinepatrika
    Arghakhachi

    प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाले केन्द्रीय सुरक्षा योजना अनुसार नै जिल्लामा एकीकृत निर्वाचन सुरक्षा योजना तयार पारिएको जानकारी दिए। सुरक्षा संवेदनशीलता, भौगोलिक विकटता, यातायात र सञ्चारको असुविधा तथा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर सुरक्षा रणनीति बनाइएको जनाइएको छ।

    AGNI GROUP

    उनले भने, “सम्बन्धित पक्षसँगको समन्वय र सहकार्यमा निर्वाचनलाई निष्पक्ष,भयरहित र शान्तिपूर्ण वातावरण सम्पन्न गर्नेगरी सुरक्षा रणनीति तयार गरिएको छ।” जिल्लामा सुरक्षा संवेदनशीलताको दृष्टिकोणले आठवटा मतदानस्थललाई अति संवेदनशील सूचीमा राखिएको छ। एक सय आठवटा मतदानस्थलमध्ये १९ मतदानस्थल सामान्य, ८२ संवेदनशील सूचीमा वर्गीकरण गरिएको छ।

    अति संवेदनशील, संवेदनशील र सामान्य मतदानस्थलका आधारमा सुरक्षा रणनीति बनाइएको प्रजिअ थपलियाले बताए। भौगोलिक विकटता, सुरक्षा निकायको पहुँचदेखि टाढा, यातायात र सञ्चारको असुविधा यसअघिका निर्वाचनमा देखिएका घटनालाई हेरेर अति संवेदनशील, संवेदनशील र सामान्य गरी मतदानस्थल तथा केन्द्र छुट्याइएको प्रशासनले जनाएको छ। जिल्ला सुरक्षा समितिले आधाभन्दा धेरै मतदान केन्द्र तथा स्थलको निरीक्षणसमेत गरिसकेको जनाएको छ।

    निर्वाचन सुरक्षा योजनाअनुसार पहिलो घेरामा निर्वाचन प्रहरी र नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेना परिचालन हुने प्रजिअ थपलियाको भनाइ छ। त्यस्तै मतदानस्थल, मतदान केन्द्र लक्षित गरेर गस्ती पेट्रोलिङलगायतका काम पनि भइरहेको छ।

    स्वच्छ र भयरहित निर्वाचनका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागको जनशक्ति गरी करिब दुई बढी सुरक्षाकर्मी परिचालन गरिने सुरक्षा समितिले जनाएको छ। सुरक्षा संवेदनशीलता हेरेर जिल्लामा तीनवटै सुरक्षा निकायका लागि थप जनशक्ति माग गरिएको छ।

    मतदानस्थल थप

    प्रतिनिधि सभा निर्वाचनका लागि एक लाख १९ हजार बढी मतदाता रहेका छन्। जिल्ला १० स्थानीय तहमा एक लाख १९ हजार ६३० मतदाता कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख सन्तोष राईले जानकारी दिए। योसँग जिल्लामा दुई हजार ७६ मतदाता थपिएका छन्। विसं २०७९को निर्वाचनमा एक लाख १७ हजार ५५४ मतदाता थिए।

    मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउन मतदानस्थल र मतदान केन्द्र थपिएको छ। जिल्लामा सिफारिस भएकामध्ये एक मतदानस्थल थपिएको छ । जिल्लामा एक मतदान केन्द्र र दुई मतदानस्थल थपिएको हो। हाल जिल्लामा १०८ मतदानस्थलबाट थप भएर १०९ मतदानस्थल र १६२ मतदान केन्द्र थपेर १६४ मतदान केन्द्र कायम भएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख राईले जानकारी बताए।

    मतदाताको पहुँचलाई सरल, सहज र व्यवस्थित बनाउन मतदानस्थल थपिएको हो। सङ्खुवासभामा नयाँ मतदानस्थल थपिएसँगै १०९ मतदानस्थल भएका छन्। भोटखोला गाउँपालिका–४ स्थित बरुण आधारभूत विद्यालय सिप्रुङमा एक मतदानस्थल थपिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

    चिचिला गाउँपालिका–४ स्थित सरस्वती माध्यमिक विद्यालय, पाख्रिबास र मकालु गाउँपालिका–२ स्थित हिमान्द्री माध्यमिक सेदुवामा एक एक मतदान केन्द्र थप भएको निर्वाचन कार्यालयका प्रमुख राईले बताए।

    त्यसैगरी मकालु गाउँपालिका–६ को दीपज्यातो आधारभूत विद्यालय याफुडाँडाबाट सारेर वडा कार्यालयमा स्थानान्तरण गरिएको निर्वाचन कार्यालयका प्रमुख राईले बताए। जिल्लास्तरीय मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिबाट भएका चारवटा मतदानस्थलमध्ये एक मात्र थप भएको हो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij