Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

हिमाचल प्रदेश ग्याँस विस्फोट, मृत्यु हुनेको संख्या १० पुग्यो

हिमाचल प्रदेश ग्याँस विस्फोट, मृत्यु हुनेको संख्या १० पुग्यो

  • काठमाडौं । भारतको हिमाचल प्रदेशको सोलन जिल्लाको अर्की बजारमा आइतबार राति भएको ठूलो आगलागीपछि खोजी अभियानको क्रममा बुधबार थप सात जलेका अवशेषहरू फेला परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । भारतीय अधिकारीहरूले मृतकहरूमा नौ नेपाली नागरिक रहेको र एक बिहारका आठ वर्षीय बालक रहेको बताएका छन् ।

    AGNI GROUP

    ग्याँस विस्फोटबाट भएको आगलागी भयानक रहेको र अहिलेसम्म कुनै पनि शव पूर्ण रूपमा निकाल्न नसकिएको बताइएको छ । सोमबार दुई, मंगलबार तीन र बुधबार सात अवशेषहरू बरामद गरिएका छन् ।

    यी अवशेषहरूलाई फोरेन्सिक परीक्षणको लागि पठाइएको छ, जहाँ मृतकको पहिचान गर्न डीएनए परिक्षण गरिने बताइएको छ । मृतकका आफन्तहरूबाट डीएनए नमूनाहरू पहिले नै सङ्कलन गरिसकिएको छ ।

    भग्नावशेष हटाउन भवनका पर्खाल भत्काइएको थियो र बाँकी भग्नावशेषहरू नजिकैको चौगन मैदानमा सारिएको थियो, जहाँ बिहीबार खोजी कार्य पुनस् सुरु हुनेछ । अझै दुई पुरुष, दुई महिला र पाँच बालबालिका रहेका छन् र उनीहरु सबै नेपाली मूलका भएको प्रहरीले बताएको छ ।

    भवनको जमिन र पहिलो तल्लामा व्यावसायिक पसल थिए भने माथिल्लो दुई तल्लामा नेपाल र बिहारका आप्रवासी कामदारहरू भाडामा बसिरहेको बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij