Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

हिमालयन च्यालेन्जर्समा अभिकको एकल अग्रता

  • काठमाडौं। सेन्ट जेभियर्स कलेजका अभिक शाह हिमालयन च्यालेन्जर्स फिडे रेटिङ क्लासिकल चेस प्रतियोगितामा सुरुआती चार खेल जितेर शीर्षस्थानमा रहन सफल भएका छन्। यससँगै उनले प्रतियोगितामा एकल अग्रता लिएका छन्।

    onlinepatrika
    Arghakhachi

    हिमालयन चेस एकेडेमीको थापाथलीमा सञ्चालन भइरहेको प्रतियोगितामा १९१८ रेटेड अभिकले चौथो दिन बुधबार द ब्रिटिस कलेजका सजल न्यौपानेलाई पराजित गर्दै शतप्रतिशत जित कायम राखेका हुन्। अभिक प्रतियोगितामा शीर्ष वरीयताका खेलाडी हुन्। यसअघि तीन खेल जितेका १६९७ रेटेड सजलले पहिलो हार बेहोरेका हुन्।

    AGNI GROUP

    ९० मिनेट र ३० सेकेन्डको इन्क्रिमेन्ट समय रहेको हिमालयन च्यालेन्जर्समा पुष्पसदन स्कुलका लियोन महर्जनको यात्रामा पनि पूर्णविराम लागेको छ। उनले चौथो चरणमा आएर १६०६ रेटेड रोहित श्रेष्ठविरुद्ध हार बेहोरे। मातृभूमि स्कुलका प्रवीर केसी (१४४१) ले हार्दिक पन्त (१६०५) सँग बराबरी खेल्दै अंक बाँडे। अनरेटेड विमश लोहनीले अग्रता आचार्य (१४७४ रेटेड) सँगको खेल बराबरीमा टुंग्याए।

    चौथो चरणमा उजिभानी कँडेलले अनमोल राई, सात्विकमान तुलाधरले निहाना श्रेष्ठ, शुभांग प्रधानले निवा राई,आशीर्वाद थापाले अरिज राई, अभिक रेग्मीले ईश्वर लामा, वियांका गौतमले विराज सरिया, नायुमा मगरले रियान श्रेष्ठ, रेयांश महर्जनले सूर्यप्रताप सिंह कार्की, रेयांश खनालले अरण्य तुलाधर, रेयांशु पौडेलले श्रेयांश सापकोटा र ओजस्वी श्रेष्ठले अभियान राईलाई पराजित गरे।

    युवा खेलाडीको स्तरोन्नतिका लागि आयोजित हिमालयन च्यालेन्जर्स क्लासिकल चेसमा प्रत्येक जितमा ३ अंक र बराबरीमा १ अंक दिइने नियम छ। चौथो चरणको खेल सकिँदा अभिक शाह चार जितसहित १२ अंक बनाएर शीर्षस्थानमा रहे। उनले पाँचौँ चरणमा सात्विकमानविरुद्ध प्रतिस्पर्धा गर्नेछन्। सात्विकसहित रोहित, शुभांग, आशीर्वाद, लियोन र उजिभानीले समान तीन जितसँगै नौ अंक जोडेका छन्।

    स्विस प्रणालीको आधारमा नौ चरणमा आयोजित प्रतियोगितामा हरेक दिन एक खेल भइरहेको छ। कुल २८ वटा स्कुल र कलेजका ६ महिला र २४ पुरुष गरी ३० खेलाडी सहभागि हिमालयन च्यालेन्जर्स क्लासिक चेस ४ माघसम्म सञ्चालन हुनेछ, जसमा फिडे रेटेड १५ खेलाडी छन् भने अनरेटेडको संख्या पनि १५ रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij