Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

जलपन्छीको वासस्थान जोखिममा

जलपन्छीको वासस्थान जोखिममा

  • काठमाडौं । बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ । बाँकेमा दुई दिनसम्म भएको जलपन्छी गणनाका क्रममा सो अवस्था देखा परेको हो।  

    onlinepatrika
    Arghakhachi

    विभिन्न तालतलैया, सिमासर र जलाशय क्षेत्र तथा नदीमा जलपन्छीको गणनापछि जथाभावी विषादीको प्रयोग, भौतिक पूर्वाधारको विकासलगायतका कारण जलपन्छीको वासस्थान जोखिममा रहेको नेपाल पन्छी संरक्षण सङ्घका परियोजना अधिकृत भुपाल नेपालीले जानकारी दिए ।

    AGNI GROUP

    उहाँले बाँकेको राप्ती नदी तटीय क्षेत्र कुसुम, अगैया, सिधनियाघाट, तालतलैया तथा जलाशय क्षेत्रमा जलपन्छीको गणना गरिएको उल्लेख गर्दै नेपालगन्जमा रहेको कान्तितालमा विगतमा भन्दा जलपन्छी घटेको पाइएको बताए । 'पहिलेको वर्षमा ५५ प्रजातीका जलपन्छी देखेका थियौँ तर अहिले त्यो अवस्था घटेको देख्यौँ,' उनले भने । जिल्लामा करिब ५० प्रजातिका जलपन्छी रहेको जानकारी दिँदै नेपालीले सबैभन्दा बढी चखेवा र सिलसिले हाँस पाइएको उल्लेख गरे। 

    नेपालमा हरेक वर्ष जनवरीको पहिलो हप्तादेखि जलपन्छी गणना हुँदै आएको छ । यस वर्ष नेपालका विभिन्न स्थानमा पुस १९ गतेदेखि जलपन्छीको गणना शुरू गरिएको र माघ ४ गतेसम्म अन्य जिल्लामा गणना गरिने उनको भनाइ छ । 

    जाडो याममा उत्तरी ध्रुवमा हिउँ पर्ने हुँदा त्यहाँका चरालाई आहारविहारको समस्या पर्ने हुँदा हरेक वर्ष आगन्तुक चरा खानाको खोजीमा बसाइँसराइ गरी यतातिर आउने गरेको उनको भनाइ छ । 'उत्तरी ध्रुवमा हिउँ परेपछि आहारविहारको कमी हुने हुँदा बसाइँसराइ गरेर चरा नेपाल आउने गर्छन्, विश्वमा चराका आठ वटा उडान मार्ग छन्, नेपाल दक्षिण एसिया मार्ग पर्छ, विभिन्न देशबाट चरा यो मार्ग हुँदै नेपाल आउँछन्, प्रायः हाँस प्रजातिका बढी आउने गर्दछन्, उनीहरुको अवस्थाका बारेमा हामीले तथ्याङ्क सङ्कलन गर्दछौँ,' नेपालीले भने ।

    यसबाहेक स्थानीय प्रजातिका चिबे चरा पनि देखिएको उल्लेख गर्दै कम देखिएका प्रजातिको विश्लेषण बाँकी रहेको बताए । परियोजनाका अर्का अधिकृत अमृत नेपालीले जलपन्छीको वासस्थान जोखिममा रहेकाले वासस्थान सुरक्षित गराउनुपर्नेमा जोड दिए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij