Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सार्पद्वारा नेपालमा पहिलो पटक २०२६ प्रिमियम फ्रन्ट लोड वासर सार्वजनिक

सार्पद्वारा नेपालमा पहिलो पटक २०२६ प्रिमियम फ्रन्ट लोड वासर सार्वजनिक

  • काठमाडौं । सार्प (शार्प) ले नेपाली बजारमा पहिलो पटक २०२६ मोडलको प्रिमियम फ्रन्ट लोड वासर सार्वजनिक गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    “शार्प प्रि–वाशी भिआईपी शृङ्खला” नाम दिइएको यस वासरमार्फत कम्पनीले आधुनिक प्रविधि, स्वच्छता र ऊर्जा–दक्षतालाई प्राथमिकतामा राख्दै नेपाली उपभोक्तालाई लक्षित गरेको जनाएको छ ।

    AGNI GROUP

    सन् १९१२ मा स्थापना भएको सार्पले विश्व बजारमा ११० वर्षभन्दा बढी समयदेखि नवीन प्रविधिमा आधारित घरेलु उपकरण उत्पादन गर्दै आएको छ । सोही अनुभव र प्रविधिलाई नेपालमा पनि भित्र्याउने उद्देश्यसहित भिआईपी २०२६ (धुनु अघि भिआईपी २०२६) सिरिज औपचारिक रूपमा सार्वजनिक गरिएको हो । कम्पनीका अनुसार यो वासर विशेषगरी व्यस्त जीवनशैली भएका उपभोक्ताका लागि डिजाइन गरिएको छ ।

    यस वासरको प्रमुख विशेषता भनेको धुनु अघि प्रविधि हो, जसले मुख्य धुलाई अघि नै कपडामा लागेको कडा फोहोर हटाउन मद्दत गर्छ । साथै, अटो टब क्लिन प्रविधिले प्रत्येक धुलाईपछि टबलाई स्वचालित रूपमा सफा गर्ने भएकाले मेसिनभित्र ब्याक्टेरिया र दुर्गन्धको समस्या न्यून हुने कम्पनीको दाबी छ ।

    वासरमा १५ मिनेटको छिटो धुनेसुविधा दिइएको छ, जसले समय अभाव भएका प्रयोगकर्तालाई छिटो र प्रभावकारी धुलाईको सुविधा प्रदान गर्छ। बीएलडीसीमोटर प्रयोग गरिएको यस मेसिनले करिब २० प्रतिशत बढी ऊर्जा–दक्षता दिने, आवाज कम गर्ने र धुलाई क्षमतामा सुधार ल्याउने बताइएको छ । १४०० आरपीएम को उच्च स्पिन स्पिडले कपडा छिटो सुक्न मद्दत गर्नेछ ।

    कार्यक्रममा सार्पका निर्देशक श्री वोन कात चेनले नेपालमा दीर्घकालीन रूपमा गुणस्तरीय र प्रविधिमैत्री उत्पादन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार, भिआईपी सिरिज नेपाली बजारमा बढ्दो स्मार्ट र टिकाउ घरेलु उपकरणको मागलाई मध्यनजर गर्दै ल्याइएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij