Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेशनल लाईफको एम.डि.आर.टी सम्मान कार्यक्रम सम्पन्न

नेशनल लाईफको एम.डि.आर.टी सम्मान कार्यक्रम सम्पन्न

  • काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले धुलिखेल स्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२६ का लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट टिओटीमा २ जना सिओटीमा ४ जना र एमडिआरटीमा ७७ जना गरी छनौट हुनुभएका ८३ जना अभिकर्ताहरुलाई भव्य समारोहका बिच सम्मान गरेको हो ।

    AGNI GROUP

    कम्पनीका अध्यक्ष श्रीमती प्रेमा राज्य लक्ष्मी सिंहज्यूले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागि भएका अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।

    समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले कम्पनीलाई अग्रस्थानमा पुर्‍याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही भएको बताए ।

    उनले एमडिआरटी २०२६ मा तोकिएको बीमाशुल्क संकलन गरी एमडिआरटी सिओटी र टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै अभिकर्ताहरुलाई विशेष सम्मान गर्नुभएको थियो साथै कम्पनीले एमडिआरटी अभिकर्ता उत्पादनलाई थप बल पुग्ने गरी ल्याएको मासिक योजना चेज योर एमडिआरटीमा सफल हुने अभिकर्तालाई तोकिएको प्रोत्साहन प्रदान गरेका थिए ।

    यसै गरी सबै भन्दा बढि एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल तिनकुने शाखालाई पनि सम्मान गरेका थिए । कम्पनीको उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलज्यूले सहभागिहरुलाई स्वागत गरेको सो कार्यक्रममा कम्पनीका नायब महाप्रवन्धक प्रज्वल सायमीज्यूले धन्यवाद ज्ञापन गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij