Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पूर्वराज्यमन्त्री उप्रेतीको निधन

पूर्वराज्यमन्त्री उप्रेतीको निधन

  • काठमाडौं । पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेतीको सोमबार निधन भएको छ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित घरमा ८२ वर्षको उमेरमा उनको निधन भएको हो । 

    onlinepatrika
    Arghakhachi

    लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी रोगले ग्रसित उप्रेतीलाई उहाँको श्रीमतिको कारोनाकालमा निधन भएपछि भतिजा विष्णुबहादुरले रेखदेख गर्दै आएका थिए । सोमबार बिहान ३ बजे उनको निधन भएको वडाध्यक्ष मोतीलाल तामाङले बताए । लामो समयदेखि वामपन्थी आन्दोलनमा समाहित भएको उनलाई मध्यपूर्वीय क्षेत्रमा ‘रातो बाघ’ ले परिचित थिए । 

    AGNI GROUP

    तत्कालीन समयमा सांसद हुँदै श्रमराज्यमन्त्री भएको उप्रेतीले मालेबाट एकीकृत भएपछि एमालेको राजनीति गरेका थिए । एमाले फुटपछि (नेकपा) माले र त्यसपछि स्वतन्त्र जीवनयाजन गरेका उनले पछिल्ला वर्षमा तत्कालीन माओवादी केन्द्रमा रही वामपन्थी आन्दोलनमा सहभागी हुँदै आएका थिए ।  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij