Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

गोली चल्दा दुईजना घाइते

गोली चल्दा दुईजना घाइते

  • काठमाडौँ । सप्तरीको खडक नगरपालिका -५ स्थित खरचुइयामा अपहरणको घटनामा दुई जना घाइते भएका छन् । घाइते हुनेमा सिरहाको लहान निवासी ताहिर मियाँ र सुदन मियाँ रहनुभएको छ ।

    onlinepatrika
    Arghakhachi

    आइतबार ताहिर र सुदन जग्गा खरिद गर्ने विषयमा प्रदेश  ०२–०१–००१च ०९०६ नम्बरको स्करपियोमा चढेर खडक नगरपालिका ५ खरचुइया आउनुभएको थियो । सोही क्रममा राति करिब १० बजे ५–६ जनाको समूहले उहाँहरुलाई नियन्त्रणमा लिई बाँधेर अपहरण गरेर नजिकैको जङ्गलमा लगि फिरौती रकम माग गरेको बताइएको छ ।

    AGNI GROUP

    दुवै पक्षबिच हानाहान भएपछि अपहरणकारीले गोली फायर गर्दा दुवै जना घाइते भएको स्थानीयहरु बताउँछन् । अपहरणकारीहरुले आफ्नो पहिचान खुल्ने डरले दुवै जनामाथि गोली प्रहार गर्न खोज्दा ताहिर र सुदन घाइते भएको जनाइएको छ ।

    घटनाबारे प्रहरीलाई जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । घटना भएको तर गोली प्रहारबारे अनुसन्धान भइरहेको घटनास्थलमै रहनु भएका जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बर बहादुर पुरीले जानकारी दिनुभयो ।

    घाइते दुवैलाई उपचारका लागि लहानस्थित प्रदेशिक अस्पतालमा भर्ना गरिएको छ । घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij