Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन)ले नयाँ नेतृत्व पाएको छ । सिबिफिनको अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्डबहादुर श्रेष्ठ सर्वसम्मत चयन भएका हुन् ।
परिसंघका कार्यवाहक अध्यक्ष राजेश उपाध्यायको अध्यक्षतामा मङ्गलबार बसेको कार्यसमितिको १५औं बैठकले श्रेष्ठलाई अध्यक्षका रूपमा चयन गरेको सिबिफिनका महानिर्देशक महानिर्देशक रोशन कोइरालाले जानकारी दिए ।
निवर्तमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको गत पुसमा सम्पन्न साधारणसभाबाट सञ्चालक समितिका रूपमा नरहेपछि उक्त पद रिक्त भएको थियो ।
सिबिफिनको विधानअनुसार कार्यसमितिको पदाधिकारी वा सदस्य निजले प्रतिनिधित्व गर्ने बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिबाट बहिर्गमन भएसँगै सिबिफिन कार्यसमितिमा बहाल पद स्वतः समाप्त हुने व्यवस्था छ ।
नेपाली बैंकिङ क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि क्रियाशील रहँदै आएका श्रेष्ठ यसअघि महासचिव थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij