Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अमेरिकाबाट थप ८० जना नेपाली नागरिक डिपोर्ट

अमेरिकाबाट थप ८० जना नेपाली नागरिक डिपोर्ट

  • काठमाडौँ । अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चाटर्ड विमानमार्फत ८० जना नेपालीलाई काठमाडौं ल्याइएको हो ।

    onlinepatrika
    Arghakhachi

    अध्यागमन विभागका अनुसार डिपोर्ट गरिएकामध्ये ७९ जना पुरुष र एक जना महिला रहेका छन् । आवश्यक कागजात नहुनु, गैरकानुनी रूपमा बसोबास गर्नु तथा अमेरिकी अध्यागमन कानुन उल्लंघन गर्नु उनीहरू डिपोर्ट हुनुका मुख्य कारण रहेको जनाइएको छ ।

    AGNI GROUP

    स्वदेश फर्काइएका नागरिकलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाइएको थियो । ब्युरोका अधिकारीहरूले प्रारम्भिक सोधपुछपछि उनीहरूलाई परिवारको जिम्मा लगाएका छन् । साथै, कसैले गैरकानुनी रूपमा अमेरिका पठाएको आशंका भए उजुरी दिनसमेत ब्युरोले अनुरोध गरेको छ ।

    यसअघि पनि अमेरिकाले विभिन्न चरणमा नेपाली नागरिकहरूलाई डिपोर्ट गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij