Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बागमती करिडोरमा सीसीटीभी जडान गरिने

बागमती करिडोरमा सीसीटीभी जडान गरिने

  • काठमाडौं । काठमाडौंको गोकर्णदेखि बल्खुसम्मको बागमती करिडोरमा सीसीटीभी जडान गरिने भएको छ । काठमाडौंको गोकर्णदेखि बल्खुसम्म बागमती नदी करिडोरमा सीसीटीभी जडान सम्बन्धी समझदारी भएकाे छ   ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्की र अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितिको तर्फबाट आयोजना निर्देशक मचाकाजी महर्जनबीच बागमती नदी करिडोरमा सीसीटीभी जडान सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।

    AGNI GROUP

    सो कार्यक्रममा अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीका निर्देशक मचाकाजी महर्जनले नागरिक सुरक्षाको लागि नेपाल प्रहरीसँग सहकार्य गर्न पाँउदा खुसी व्यक्त गरे ।

    सोही अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले नागरिकहरूको शान्ति सुरक्षालाई मध्यनजर गरी यहाँहरुले लगानी गरिदिएकोमा नेपाल प्रहरीको तर्फबाट धन्यबाद व्यक्त गरे ।

    कार्यक्रममा अधिकार सम्पन्न बागमति सभ्यता एकिकृत बिकास समितीका पदाधिकारीहरू तथा काठमाडौं उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij