Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

शुक्रबारदेखि पश्चिमी नेपालमा वर्षा, उच्च हिमाली भूभागमा हिमपातको सम्भावना

शुक्रबारदेखि पश्चिमी नेपालमा वर्षा, उच्च हिमाली भूभागमा हिमपातको सम्भावना

  • काठमाडौं । जल तथा मौसम विज्ञान महाशाखाले माघ ९ गते (शुक्रबार) रातिदेखि माघ १० गते (शनिबार) बेलुकासम्म देशका केही भूभागमा वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    महाशाखाको मौसम पूर्वानुमान शाखाले पश्चिमतर्फबाट बग्ने प्रणालीका कारण विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ ।

    AGNI GROUP

    वर्षासँगै उच्च हिमाली भूभागमा मध्यम हिमपात पनि हुन सक्ने जनाइएको छ । वर्षा मध्यम खालको हुने र शनिवार बेलुकासम्म मात्र रहने छ ।

    शुक्रवार रातिदेखि शनिवार बिहानसम्म पश्चिमतिरबाट पानी पर्ने प्रणाली, हिमपार्ने वर्ष भित्रिँदैछ । तर ठूलो झरी हुने खालको होइन । पहिलो हिउँदे वर्षाको रूपमा शुक्रवार रातिदेखि बिहानमा विशेषगरी सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षा हुने सम्भावना रहन्छ । उच्च हिमाली भूभागमा मध्यम हिमपातको सम्भावना पनि देखिन्छ ।

    काठमाडौंसम्म आइपुग्दा केही हल्का वर्षा वा बदली हुने सम्भावना छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij