Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ खुला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा खरखडाइ खुला

  • काठमाडौं । महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खरखडाइ खुला गरेको छ । निकुञ्ज कार्यालयले मध्यवर्ती क्षेत्रका बासिन्दाका लागि दुई दिन निकुञ्ज क्षेत्रबाट  खरखडाइ सङ्कलन गरी निकासी गर्ने सुविधा दिएको हो ।

    onlinepatrika
    Arghakhachi

    निकुञ्जको सरसफाइ हुने र मध्यवर्ती क्षेत्रको कमजोर आर्थिक अवस्था भएका जनतालाई घर गोठ छाउन खर उपलब्ध हुने गरी खरखडाइ खुल्ला गरेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिए ।

    AGNI GROUP

    उनका अनुसार माघ २२ र २३ गते निकुञ्जको पश्चिमी र पुस २५ पूर्वी सेक्टर मा रु ५० को टिकट लिएर मात्रै खरखडाइका लागि प्रवेश दिएको छ। खरखडाइका लागि बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म प्रवेश गर्न पाइने छ ।

    खरखडाइका समयमा हुनसक्ने चोरी सिकारी नियन्त्रणका लागि नेपाली सेना र निकुञ्जका कर्मचारी परिचालन हुने निकुञ्ज कार्यालयले जनाएको छ ।

    “खरखडाइले निकुञ्जभित्र सुकेको घाँंस व्यवस्थापन हुनुका साथै मध्यवर्ती क्षेत्रका बासिन्दाको आवश्यकतासमेत पूरा हुन्छ ।” निकुञ्जका सूचना अधिकारी वाग्लेले भने, “खरखडाइले घांँसे मैदान व्यवस्थापनमा सहज हुन्छ ।” निकुञ्जले हरेक वर्ष घांँसे मैदान व्यवस्थापनमा ठूलो खर्च गर्दै आएको छ । कतिपय ठाउँमा खरखडाइले घांँसे मैदान व्यवस्थापनमा सहज हुने गरेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij