Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

खानेपानी र सरसफाइ क्षेत्रका समस्या बुझ्दै महासंघ

खानेपानी र सरसफाइ क्षेत्रका समस्या बुझ्दै महासंघ

  • काठमाडौँ । राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका पदाधिकारीबाट निजगढ, बर्दिवास, कमलामाई खानेपानीलगायत विभिन्न खानेपानी क्षेत्रमा प्रतिनिधित्व गर्ने पदाधिकारीहरूसँग खानेपानी तथा सरसफाइ क्षेत्रसँग सम्बन्धित समसामयिक विषय र संस्थागत समस्याबारे छलफल गरेका छन् ।

    छलफलका क्रममा खानेपानी तथा सरसफाइ संस्थाहरूले भोग्दै आएका प्रमुख चुनौतीहरू जस्तै स्रोत संरक्षण, गुणस्तरीय खानेपानी आपूर्ति, वित्तीय दिगोपन, प्राविधिक दक्षता अभाव, उपभोक्ता व्यवस्थापन, नीतिगत जटिलता तथा स्थानीय तहसँगको समन्वयका विषयहरूमा विस्तृत रूपमा विचार-विमर्श गरिएको अध्यक्ष खेमराज वलीले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    साथै, साना तथा समुदायमा आधारित खानेपानी संस्थाहरूलाई सुदृढ बनाउने उपाय, क्षमता विकास, सुशासन, पारदर्शिता तथा उत्तरदायित्व अभिवृद्धिका विषयमा पनि स्पष्ट धारणा आदान-प्रदान गरिएको थियो ।

    AGNI GROUP

    महासंघका पदाधिकारीहरूले संघीय संरचनामा खानेपानी तथा सरसफाइ संस्थाहरूको भूमिकालाई अझ प्रभावकारी बनाउने, नीति निर्माण तहमा आवाज मजबुत गर्ने र प्रदेश तथा स्थानीय तहसँग सहकार्य बढाउने आवश्यकतामा जोड दिए ।

    सिमरा खानेपानी संस्थाले आफ्ना अनुभव, अभ्यास र समस्याहरू प्रस्तुत गर्दै दीर्घकालीन समाधानका लागि साझा पहल आवश्यक रहेको प्रष्टाए ।

    छलफलले खानेपानी तथा सरसफाइ क्षेत्रका साझा समस्याहरू पहिचान गर्न, आपसी सहकार्य र समन्वयलाई बलियो बनाउन तथा संस्थागत सुधारका लागि मार्गचित्र तयार गर्न महत्वपूर्ण योगदान पुर्याएको निष्कर्ष निकालिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij