Jun 05 2026 | २०८३, जेठ २२ गते
ललितपुर । कपडा तथा खाद्य बैंक नेपाल, रोटरी क्लब अफ सैंबु भैँसेपाटी, दिगोपाइला फाउन्डेसन तथा भैँसेपाटी स्पोट्र्स एकेडेमीले भैसेपाटीमा क्लोथ बैंक स्थापना गरेको छ। कार्यक्रममा रोटरी क्लब अफ भैसेपाटीका अध्यक्ष कर्णवीर थापा, बागमती काठमाडौंका सरोज बज्राचार्य, र रमा कँडेल , रोटरीक्लब अफ पाटनका खड्गसिंह बिष्ट, रोटरी क्लब अफ जावलाखेल मञ्जुश्रीका राजेन्द्र बम र रोटरी क्लब अफ काठमाडौंका दानबहादुर चन्द लगायतका उपस्थितिमा बैक स्थापना गरिएको हो।
रोटनी क्लब भैसेपाटीले नेपालमै पहिलो पटक सहकार्य गरी क्लोथ बैक स्थापना गरेको हो । देशभरका रोटरीमध्ये भैसेपाटीले पहिलो क्लोथ बैक स्थापना गरेको अध्यक्ष कर्णवीर थापाले बताए । प्रयोग गरेका र नगरेका कपडा राख्ने प्रयोजनको लागि बैक स्थापना गरेको हो । कपडा तथा खाद्य बैक नेपालले सो कपडाको व्यवस्थापन गर्नेछ ।
सो बैकमा राखिएका कपडा प्रसोधन गरी देशभरका आवश्यक परेका समुदायलाई नि:शुल्क वितरण गरिन्छ । बैकका अध्यक्ष कमज जिसीले बैकमा जम्मा भएका कपडा संकलन गरी प्रसोधन गर्ने र आवश्यकताको आधारमा वितरण गर्ने जानकारी दिए । सामाजिक संस्था रोटरी क्लबमध्ये भैसेपाटीले पहिलो पटक बैक स्थापना गरी पुन्य कार्य गरेको उनको भनाई छ । रोटरी क्लब भैसेपाटीका अध्यक्ष थापाले सो बैकमा जम्मा भएका कपडा दिनदुखीलाई उपलब्ध गराउना आग्रह गरे । भने–हामीले पहिलो पटक बैक स्थापना गरेका छौ, आवश्यकताको आधारमा अन्य सहयोग गर्न तयार छौ । बैक स्थापना गरेकोमा रोटरी प्रतिनिधिहरूले खुशी व्यक्त गर्दै यस्तो अभियानले समाजका विपन्न, असहाय, वृद्ध तथा बालबालिकाको जीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
दिगोपाइला फाउन्डेसनकी अध्यक्ष दीपा भट्टराईले कपडा तथा खाद्य बैंक नेपालले वर्षौंदेखि निरन्तर रूपमा गर्दै आएको निःस्वार्थ सेवाको प्रशंसा गर्दै गरिन् । भनिन्– “न्यानो कपडा सम्मानको प्रतीक हो भने खाद्यान्न जीवनको आधार हो । यस मानवीय अभियानमा जोडिन अनुरोध गर्दछु ।
कार्यक्रममा स्थानीय वडाका जनप्रतिनिधिहरूले आफ्नो धारणा राख्दै कपडा तथा खाद्य बैंक नेपालले दुर्गम क्षेत्रदेखि सहरी बस्तीहरूसम्म पु¥याउँदै आएको सहयोग अतुलनीय रहेको बताएका थिए । भैसेपाटी स्पोट्र्स एकेडेमीका अध्यक्ष मिलन थापाले सामाजिक सेवामा सहयोग गर्न पाउँदा खुसी लागेको बताए । उनले कपडाबैकलाई भैसेपाटीबासीले सही सदुपयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कपडा तथा खाद्य बैंक नेपालका अध्यक्ष जिसीले रोटरी क्लब अफ सैंबु भैँसेपाटी, सहयोगी संस्था, स्वयंसेवक तथा सहभागीहरूप्रति आभार व्यक्त गरे । रोटरी क्लब अफ सैंबु भैँसेपाटीका सचिव सावित्र पोखरेलले मानवता, सहकार्य र करुणाको भावनाले भरिएको यस कार्यक्रमले समाजमा आशा र सद्भावको सशक्त सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij