Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चैत २७ मा ‘लप्पन छप्पन–२’

चैत २७ मा ‘लप्पन छप्पन–२’

  • काठमाडौँ । फिल्म ‘लप्पन छप्पन–२’ आगामी चैत २७ बाट रिलिज हुने भएको छ । मुकुन्द भट्टको निर्माण निर्देशन रहेको फिल्मको टिजरसहित रिलिज मिति पनि सार्वजनिक गरिएको हो ।

    onlinepatrika
    Arghakhachi

    नयाँ वर्षको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्ममा  सौगात मल्ल, शिव श्रेष्ठ, अर्पण थापा, अनुपविक्रम शाही, शक्ति श्रेष्ठ, प्रकाश कुँवर, दीपक क्षेत्री, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्ट, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, सृजना सिना लगायतका कलाकारको अभिनय रहेको छ । 

    AGNI GROUP

    फिल्मको पटकथा र संवाद निर्देशक भट्ट र सुनिल नेउरेले तयार पारेका हुन् भने 
    खिलेन्द्रराज तिमसिनाको प्रस्तुति रहेको छ । गोल्डेन हिल्स पिक्चर्ससँग रोयल कुँवर इन्टरटेनमेन्ट, इपी एजुकेशन अस्ट्रेलिया, उमी ग्रुप युरोप र म्याक मिडियाको सहकार्यमा निर्माण भएको फिल्मका सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण हुन् ।

    चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मल कुमार मिश्र र सन्तोष चन्द्र भक्रेल निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट