Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । सामाजिक सुरक्षा कोषमा रोजगारीको अवसर खुलेको छ । कोषले शुक्रबार विज्ञापन प्रकाशन गर्दै नवौं तहदेखि चौथो तहसम्मका कर्मचारी माग गरेको हो ।
कोषले जारी गरेको सूचनाअनुसार प्रशासन, वित्त, लगानी, कानुन, कम्प्युटर इन्जिनियरिङ लगायतका समूहमा १६ जना कर्मचारी माग गरेको हो ।
उमेर हद चौथो तहका लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको, पाँचौं तहका लागि २१ वर्ष पुरा भई ३५ वर्ष ननाघेको र आठौं र नवौं तहको लागि ४० वर्ष ननाघेको हुनु पर्नेछ ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले माघ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तुर तिरेर भने फागुन ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij