Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

  • काठमाडौँ । रौतहटको गौर गंगापिपरा सडक खण्डको राजदेवी नगरपालिका–१  पथरा स्कुल नजिक भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ।  

    onlinepatrika
    Arghakhachi

    दुर्घटनामा रौतहटको दुर्गाभगवती गाउँपालिका-२ का ३० वर्षीय अशोक महतो र रौतहट राजदेवि नगरपालिका-२ का २९ वर्षीय अरविन्द महतोको मृत्यु भएको हो।  

    AGNI GROUP

    जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार शुक्रबार गंगापिपराबाट गौरतर्फ आउँदै गरेको प्र.२–०३–०१८ प ३३४६ नं.को मोटरसाइकल र विपरित दिशातर्फ बाट जाँदै गरेको बि आर ३० ए एफ  २३७०  नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा दुर्घटना भएको हो। दुर्घटनामा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो।   

    दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij