Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

अण्डाको माग र मूल्य बढ्यो

अण्डाको माग र मूल्य बढ्यो

  • काठमाडौं । प्रतिनिधिसभाको निर्वाचन नजिकिदै जाँदा अण्डाको माग उच्च भएको छ । माग बढेसँगै अण्डाको मूल्य पनि क्रमशः बढ्दै गएको छ । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको मूल्यमा वृद्धि गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    यसअनुसार ठूलो अण्डा एक क्रेट (३० वटा)को फार्म मूल्य चार सय ९५ पुगेको छ । यसअघि प्रतिक्रेट चार सय ६५ मा बिक्री गरिएको ठूलो अण्डाको मूल्य ३० ले बढेको हो । यस्तै मझौला अण्डाको फार्म मूल्य चार सय ७५ कायम गरिएको छ । यसअघि यो अण्डा चार सय ४५ मा बिक्री हुँदै आएको थियो ।

    AGNI GROUP

    गत मंसिरमा अण्डाको मूल्य हालसम्मकै उच्च भएको थियो । तत्कालीन समयमा फार्ममा ठूलो अण्डा पाँच सय ६५ प्रतिक्रेटमा बिक्री भएको थियो । मझौलाको रेट पाँच सय ५० थियो । संघका अध्यक्ष विनोद पोखरेलका अनुसार नेपालमा निर्वाचनको माहोल बन्नु, निर्वाचनसँगै सीमा क्षेत्रमा भएको कडाइका कारण अण्डाको मूल्यमा वृद्धि भएको हो ।

    अण्डा उत्पादन गर्ने कुखुरामा कमी आउँदा अण्डा उत्पादन कम हुनु, बन्द भएका विद्यालयहरू खुल्नुलगायत कारणले अण्डाको मूल्यमा क्रमिक सुधार आउन लागेको हो । अण्डाको उत्पादन लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्न आउँछ । यसलाई हिसाब गर्दा किसानको लागत मूल्य प्रतिक्रेट पाँच सय ७४ रुपैयाँ छ पैसा पर्न आउँछ ।

    लागत मूल्य नजिक पुगेको अवस्थामा पुनः अण्डाको मूल्य घटेपछि किसान निरास बनेका थिए । अब मूल्य बढ्ने आशमा किसान रहेका छन् । संघले बजारको अवस्थाअनुसार अण्डाको समर्थन मूल्य तय गर्दै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij