Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

  • काठमाडौं । दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ । बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उहाँलाई घुस लिएको अभियोगमा दोषी ठहर गरे पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानून उल्लङ्घनका आरोपबाट भने मुक्त गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    ५३ वर्षीया किम लामो समयदेखि विवादमा तानिँदै आएकी थिइन् । भ्रष्टाचार, प्रभावको दुरुपयोग र शैक्षिक अभिलेखमा अनियमितताका आरोपले उनका पति पूर्वराष्ट्रपति युन सुक योलको कार्यकालभरि दक्षिण कोरियाको राजनीति प्रभावित भएको थियो । किम र युन दुवै डिसेम्बर २०२४ मा मार्सल ल घोषणा र त्यसपछि उत्पन्न राजनीतिक अराजकतासँग सम्बन्धित घटनाका कारण हिरासतमा छन् ।

    AGNI GROUP

    अदालतका अनुसार किमले व्यवसायी तथा राजनीतिज्ञहरूबाट दुई लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार र नगद लिएका थिइन् । तीमध्ये एक धार्मिक समूहका नेताबाट प्राप्त दुईवटा ब्रान्डेड ह्यान्डब्याग र गहनासमेत रहेका थिए । यद्यपि अभियोजन पक्षले लगाएको स्टक हेरफेर र चुनावी कोष दुरुपयोगको आरोप प्रमाणित हुन सकेन ।

    कालो पोशाक, मास्क र चश्मा लगाएर सजाय सुनुवाइका क्रममा किम अदालतमा उपस्थित भएकी थिइन् । अभियोजकहरूले उनी आफूलाई कानूनभन्दा माथि ठान्ने र राज्य तथा धर्मबीचको संवैधानिक विभाजन कमजोर पार्ने कार्यमा संलग्न भएको दाबी गरेका थिए । उनका कार्यले देशका संस्थाहरूलाई गम्भीर रूपमा कमजोर पारेको अभियोजनको तर्क थियो ।

    किमले भने अन्तिम बयानमा आरोपहरू अन्यायपूर्ण भएको बताउँदै अस्वीकार गरेकी थिइन् । तर आफ्नो भूमिकाका कारण समस्या उत्पन्न भएको स्वीकार गर्दै माफी मागेकी थिइन् । 

    किममाथिका घोटालाहरूले पूर्वराष्ट्रपति युनको राजनीतिक एजेन्डालाई बारम्बार छायाँमा पारेका थिए । सन् २०२३ मा सार्वजनिक भएको एक भिडियोमा उनले महँगो लक्जरी ह्यान्डब्याग स्वीकार गरेको देखिएपछि ‘डायर ब्याग काण्ड’ ले देशव्यापी आलोचना जन्माएको थियो । यसले सन् २०२४ को संसदीय चुनावमा युनको दलको हारमा पनि भूमिका खेलेको विश्लेषकहरू बताउँछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij