Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

लाइसेन्स परीक्षामा ६० प्रतिशत चिकित्सक फेल

लाइसेन्स परीक्षामा ६० प्रतिशत चिकित्सक फेल

  • काठमाडौं । नेपाल मेडिकल काउन्सिलले लिएको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६० प्रतिशत चिकित्सक फेल भएका छन् । काउन्सिलले एमबीबीएस र बीडीएसको ७४औँ लाइसेन्स परीक्षामा ३९.४५ प्रतिशत चिकित्सक मात्रै उत्तीर्ण भएको रजिष्ट्रार डा.सतिस कुमार देवले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    पुल्चोकस्थित नेपाल इन्जिनियररिङ अध्ययन संस्थान परीक्षा केन्द्रमा कम्प्युटर विधिबाट मंगलबार र बुधबार परीक्षा लिएको थियो । लाइसेन्स परीक्षामा ९४३ जनामध्ये ३७२ मात्रै पास भए ।

    AGNI GROUP

    लाइसेन्स परीक्षाका लागि एमबीबीएस र बीडीएसका गरी ९६७ जनाले फारम भरेका थिए । उनीहरूमध्ये २४ जना अनुपस्थित भएको डा. देवले जानकारी दिए ।

    मेडिकल (एमबीबीएस तर्फ) ७९३ जनाले फारम भरेका थिए भने ७७५ जना सहभागी थिए । त्यसमध्ये ३०० जना (३८.७ प्रतिशत) मात्रै उत्तीर्ण भएका छन् ।

    यस्तै डेन्टल तर्फ (बीडीएस) मा १७४ जनाले फारम भरेका थिए । तर परीक्षाको बेला १६८ जना मात्रै सहभागी भएका उनीहरूमध्ये ७२ जना (४२.८५ प्रतिशत) मात्रै उत्तीर्ण भएको काउन्सिलले जनाएको छ ।

    यस्तो परिणामले चिकित्साशास्त्र पढाउने विश्वविद्यालय र कलेजहरूको शैक्षिक गुणस्तरमाथि प्रश्न उठाएको छ । तर रजिष्ट्रार डा.देव भने यसपटक अनुत्तीर्ण हुनेहरू भन्दा अघिल्ला परीक्षामै फेल भएकाहरूको संख्या धेरै रहेको दाबी गर्छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij