Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

नेपाल प्रहरी स्कुल चितवनको वार्षिक उत्सव सम्पन्न

नेपाल प्रहरी स्कुल चितवनको वार्षिक उत्सव सम्पन्न

  • काठमाडौँ । नेपाल प्रहरी स्कुल शान्तिपुर चितवनको ७औँ वार्षिक उत्सव तथा अभिभावक दिवस मनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख एवं विद्यालयका संरक्षक प्रहरी नायव महानिरीक्षक दिपक रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपाल प्रहरी शिक्षालय भरतपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक तारादेवी थापा, विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रहरी वरिष्ठ उपरीक्षक विनोद सिलवाल, भरतपुर महानगरपालिका शिक्षा शाखा प्रतिनिधि अर्जुनसिंह मडै, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरी, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख प्रहरी उपरीक्षक डिल्लीनारायण पाण्डेलगायतको उपस्थिति थियो ।

    AGNI GROUP

    कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, गीत तथा कराँते प्रदर्शन गरे । नेपाल प्रहरी ब्याण्ड र विपद् व्यवस्थापन टीमद्वारा आगलागी नियन्त्रणसम्बन्धी सचेतनामूलक प्रस्तुति गरिएको थियो ।

    विद्यार्थी, अभिभावक तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको स्कुलका समादेशक प्रहरी निरीक्षक रोशन थापाले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij