Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

बैतडीमा १०८६ इजाजत प्राप्त हतियार, ३८६ बन्दुक मात्रै प्रशासनमा बुझाइयो

बैतडीमा १०८६ इजाजत प्राप्त हतियार, ३८६ बन्दुक मात्रै प्रशासनमा बुझाइयो

  • काठमाडौं । जिल्ला प्रहरी कार्यालय बैतडीले जिल्लाभरबाट ३८७ नाल बन्दुक संकलन गरेको छ । आगामी प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा हतियारको दुरुपयोग हुन सक्ने तथा शान्ति सुरक्षामा खतरा उत्पन्न हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै हतियार संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    जिल्ला प्रशासन कार्यालय बैतडीको माघ ६ गतेको सूचनाअनुसार इजाजत प्राप्त भरुवा बन्दुकधारीहरूलाई सूचना दिइएको थियो । सोही अनुरूप जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी इकाइहरूले प्रहरी परिचालन र सामाजिक सञ्जालमार्फत सूचना प्रवाह गरी बन्दुक संकलन गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिए ।

    AGNI GROUP

    बैतडीमा हातहतियारका एक हजार ८६ इजाजत वितरण गरिएको छ । चालू आर्थिक वर्षमा ४५० जनाले इजाजत नवीकरण गराएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी विनोद भट्टराईले जानकारी दिए ।

    जिल्ला भित्र रहेका सबै हातहतियार संकलन नभएकाले माघ मसान्तसम्म म्याद थप गरिएको पनि जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक बडूले बताए ।

    संकलित बन्दुकहरू निर्वाचन अवधिभर सुरक्षित रूपमा राखिने र निर्वाचन सम्पन्न भएपछि सम्बन्धित धनीलाई फिर्ता गरिने प्रहरीले जनाएको छ । शान्ति सुरक्षा कायम राख्न यस्ता गतिविधिलाई निरन्तरता दिइने जिल्ला प्रहरी कार्यालय बैतडीको भनाइ छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij