Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै

सातै प्रदेशमा भर्चुअल डिजिटल लिडरसीप डायलग हुँदै

  • काठमाडौं । सातै प्रदेशलाई समेटेर ‘भर्चुअल डिजिटल लिडरसीप डायलग’ आयोजना हुने भएको छ । आइसिटी फाउन्डेसन नेपालले उम्मेदवार मेला अन्तर्गत फागुनको पहिलो र दोस्रो साता उक्त भर्चुअल संवाद कार्यक्रम सञ्चालन गर्न लागेको हो ।

    onlinepatrika
    Arghakhachi

    भर्चुअल डिजिटल लिडरसीप डायलगमा डिजिटल प्रविधि, डिजिटल नेतृत्व (लिडरसीप) तथा नीतिगत विषयमा विस्तृत छलफल गरिने आयोजकले जनाएको छ । साथै, आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा राजनीतिक दल र उम्मेदवारहरूले आफ्ना घोषणापत्रमा समेटेका सूचना तथा सञ्चार प्रविधि (आइसिटी) सम्बन्धी एजेन्डा, विद्यमान चुनौती तथा सम्भावित प्रभावमाथि समेत बहस हुनेछ ।

    AGNI GROUP

    कार्यक्रमअन्तर्गत कम्तीमा सातवटा भर्चुअल सेसन सञ्चालन हुनेछन् । ती सेसनहरूमा सातै प्रदेशका निर्वाचन उम्मेदवार, राजनीतिक नेतृत्व, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहनेछ । प्रत्येक सेसनमा उम्मेदवार र राजनीतिक नेतृत्वसँग प्रत्यक्ष संवाद तथा प्रश्न–उत्तर सत्रसमेत आयोजना गरिनेछ ।

    भर्चुअल संवादमा सहभागी हुन इच्छुकले अनलाइन फाराम भर्नुपर्ने आयोजकले जनाएको छ। फाराम भर्नका लागि लिंकमार्फत दर्ता गर्न सकिनेछ ।

    कार्यक्रममा सातै प्रदेशका राजनीतिक नेतृत्व, उम्मेदवार, युवा, नागरिक समाज, सञ्चारमाध्यम, महिला, सीमान्तकृत समुदाय तथा अपाङ्गता भएका व्यक्तिहरूको सहभागिता रहनेछ । भर्चुअल संवादमार्फत निर्वाचन प्रक्रियामा नागरिकको सक्रिय सहभागिता, समावेशिता र पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य लिइएको आयोजकले जनाएको छ ।

    यसअघि उम्मेदवार मेला अन्तर्गत ललितपुरको पुल्चोकस्थित द प्लाजामा भौतिक रूपमा डिजिटल लिडरसीप डायलग सम्पन्न भइसकेको छ । उक्त कार्यक्रममा फोकस ग्रुप डिस्कसन, किनोट प्रस्तुति तथा राजनीतिक नेतृत्व र उम्मेदवारसँग डिजिटल नेतृत्व र नीतिसम्बन्धी छलफल गरिएको थियो ।

    प्यानल संवादमा बोल्ने विभिन्न दलका प्रतिनिधिहरूले प्रविधिमैत्री नेतृत्व र व्यवहारिक नीति निर्माण गर्दै डिजिटल रूपान्तरणमा प्राथमिकताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij