Jun 04 2026 | २०८३, जेठ २१ गते
लुम्बिनीमा आयोजित विशेष आध्यात्मिक सभामा ७०० भन्दा बढी सहभागीहरूले ८० फिटको विश्व बज्र रथ मण्डललाई २५ हजार दियोले उज्यालो बनाए । “विश्व शान्तिका लागि आध्यात्मिक प्रकाश कला” नामक अभियान अन्तर्गत गरिएको यस कार्यक्रमले सामूहिक आशा, करुणा र ऐक्यबद्धताको सन्देश फैलायो। कार्यक्रम लुम्बिनी बौद्ध विश्वविद्यालयको बौद्ध अध्ययन संकाय, लुम्बिनी विकास कोष तथा धम्मकाय फाउन्डेशनको संयुक्त आयोजनामा सम्पन्न भएको हो। प्रमुख अतिथि प्रा.डा.सुवर्णलाल बज्राचार्यसहित विभिन्न स्थानीय निकायका प्रतिनिधि तथा बौद्ध अध्ययनका विद्वानहरूले शान्ति, नैतिकता र करुणामा आधारित आन्तरिक रूपान्तरणको आवश्यकता औंल्याए।
“विश्व शान्तिका लागि आध्यात्मिक प्रकाश कला” नामक अभियान अन्तर्गत गरिएको यस कार्यक्रमले सामूहिक आशा, करुणा र ऐक्यबद्धताको सन्देश फैलायो।
सभामा वक्ताहरूले बढ्दो विश्व अशान्ति, युद्ध, वातावरणीय संकट र नैतिक मूल्यहरूको क्षयको पृष्ठभूमिमा शान्ति केवल राजनीतिक वा आर्थिक उपायले सम्भव नहुने, बरु करुणा, सचेतना र प्रज्ञामा आधारित आन्तरिक रूपान्तरण आवश्यक हुने कुरा जोड दिए।
कार्यक्रमको केन्द्रबिन्दु विश्ववज्र रथ मण्डल थियो, जसले ब्रह्माण्डको सन्तुलन र अन्तरसम्बन्धलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्यो। प्रत्येक दियोले सहभागीहरूको आन्तरिक जागरण र उदारताको प्रतीक बनेको थियो। २५ हजार दियोको उज्यालोले लुम्बिनी मात्र नभई विश्व शान्तितर्फको नयाँ बाटो प्रारम्भ भएको आयोजकहरूले बताएका छन्।
लुम्बिनीबाट सुविन बज्राचार्यको सहयोगमा ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij