Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । दक्षिण कोरियाको पूर्व राष्ट्रपति युन सुक येओललाई विद्रोहसम्बन्धी अभियोगमा दोषी ठहर गर्दै आजीवन काराबासको सजाय दिएको छ ।
मुख्य न्यायाधीश जी कुई योनले युनले सेना र प्रहरी बल परिचालन गरी राष्ट्रिय सभामाथि अवैध कब्जा गर्ने, राजनीतिक नेताहरूलाई पक्राउ गर्ने तथा निरंकुश शासन स्थापना गर्ने प्रयास गरेको ठहर गर्दै आजीवन काराबासको सजाय सुनाएका हुन् ।
अदालतको फैसलाविरुद्ध युनले माथिल्लो अदालतमा पुनरावेदन गर्न सक्ने कानुनी व्यवस्था रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij