Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को सात महिनामा १२ खर्ब भन्दा बढीको वैदेशिक व्यापार भएको छ ।
चालू आवको साउनदेखि माघसम्म ११ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको हो । यो व्यापार गत आवको सोही अवधिको १५.७६ प्रतिशत बढी हो । अघिल्लो आवको सोही अवधिमा ११ खर्ब १५ अर्ब ७९ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
यस अवधिको वैदेशिक व्यापारमा नेपालले ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा यस्तो घाटा ८ खर्ब ६१ अर्ब ३८ करोड रुपैयाँ बराबरको थियो ।
भन्सार विभागका अनुसार चालू आवको सात महिनामा ११ खर्ब २३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा १३.६५ प्रतिशत बढी हो । सो अवधिमा ९ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij