Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

अफगानिस्तान र पाकिस्तानबिच हानाहान

अफगानिस्तान र पाकिस्तानबिच हानाहान

५५ सैनिक र ७२ लडाकु मारिए

  • काठमाडौं । अफगानिस्तानले बिहीबार राति पाकिस्तानमा आक्रमण गरेको छ । तालिबान लडाकुहरूले कुनार प्रान्तमा हमला गर्दा ५५ जना पाकिस्तानी सैनिक मारिएको टोलो न्युजले जनाएको छ । 

    onlinepatrika
    Arghakhachi

    अफगान सरकारले २३ पाकिस्तानी सैनिकको शव आफूसँग भएको दाबी गरेको छ । पाकिस्तानी सेनाको एक मुख्यालय र १९ चौकीहरू पनि कब्जा गरिएको छ ।

    AGNI GROUP

    अफगानिस्तानका उपप्रवक्ता हमदुल्लाह फित्रतले केही पाकिस्तानी सैनिकलाई जीवितै नियन्त्रणमा लिइएको बताएका छन् भने दर्जनौँ हतियार, एउटा ट्याङ्क र एउटा हार्वेस्टर कब्जा गरिएको छ ।

    पाकिस्तानी मिडियाका अनुसार, पाकिस्तानी सरकारले बदलामा अपरेसन गजब लिल हक सुरु गरेको छ । पाकिस्तानी वायुसेनाले काबुल र नान्गारहार प्रान्तसहित धेरै शहरमा हवाई हमला गरेको छ ।

    पाकिस्तानी सरकारले अहिलेसम्म ७२ अफगान तालिबान लडाकु मारिएको र १२० भन्दा बढी घाइते भएको दाबी गरेको छ । १६ वटा तालिबान चौकी ध्वस्त पारिएको छ भने सातवटा कब्जा गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij