Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मध्यपूर्व र खाडी देशको श्रम स्वीकृतिमा अस्थायी रोक

मध्यपूर्व र खाडी देशको श्रम स्वीकृतिमा अस्थायी रोक

  • काठमाडौँ । मध्यपूर्व र खाडी क्षेत्रमा देखिएको असामान्य परिस्थितिलाई ध्यानमा राख्दै सरकारले ती क्षेत्रका देशमा वैदेशिक रोजगारीका लागि दिइने श्रम स्वीकृति अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरको निर्णयअनुसार आइतबारदेखि साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनान, टर्की र इजरायल जाने व्यक्तिगत तथा संस्थागत दुवै प्रकारका श्रम स्वीकृति अर्को निर्णय नभएसम्मका लागि स्थगित गरिएको हो ।

    AGNI GROUP

    वैदेशिक रोजगार विभागअन्तर्गत ताहाचलस्थित श्रम स्वीकृति शाखाले सूचना जारी गर्दै यी देशमा रोजगारीका लागि विभाग तथा मातहतका निकायबाट प्रदान गरिने सम्पूर्ण श्रम स्वीकृति अर्को सूचना नआएसम्म रोकिने जानकारी दिएको छ । सरकारले त्यहाँको अवस्थालाई निरन्तर निगरानीमा राखेको पनि जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij