Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । इरानबाट गरिएको मिसाइल आक्रमणमा इजरायलमा १ जनाको मृत्यु भएको छ । अर्का एक व्यक्ति गम्भीर घाइते भएका छन् । इजरायलको मध्य क्षेत्रस्थित येहुद क्षेत्रमा मिसाइल खसेपछि उक्त घटना भएको स्थानीय अधिकारीहरूले बताएका छन् । यस घटनासँगै युद्ध सुरु भएयता इजरायलमा मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ ।
इजरायली उद्धार सेवाका अनुसार ३० वर्षीय एक पुरुष छर्रा लागेर गम्भीर घाइते भएका छन् । उद्धार टोलीले उनलाई घटनास्थलमै प्राथमिक उपचार प्रदान गरेको जनाएको छ ।
यसअघि इरानबाट इजरायलतर्फ नयाँ मिसाइल लहर प्रहार भएको इजरायली सेनाले जनाएको थियो । त्यसपछि देशका विभिन्न क्षेत्रमा साइरन बजाइएको र नागरिकलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको बताइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij