
Aug 15 2025 | २०८२, साउन ३० गते
ईलाम । सूर्योदय नगरपालिकामा चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको छ । आफ्नै श्रीमानले चिर्पट प्रहार गर्दा १९ वर्षीया गिता तामाङ मृत्यु भएको हो । हिजो (आइतवार) आफ्नै श्रीमान २३ वर्षीय दिनेश तामाङले मादक पदार्थ सेवन गरी चिर्पटले प्रहार गर्दा गम्भीर घाइते भएकी गिताको उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र फिक्कलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
फरार रहेका दिनेशको खोजी गर्नुका साथै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij