Logo

Aug 15 2025 | २०८२, साउन ३० गते

Aug 15 2025 | २०८२, साउन ३० गते

नेपालदेखि रुससम्म चरेश कारोबारको ‘कनेक्सन’ : ५ किलो चरेसहित १ जना पक्राउ

नेपालदेखि रुससम्म चरेश कारोबारको ‘कनेक्सन’ : ५ किलो चरेसहित १ जना पक्राउ

  • काठमाडौं । नेपालबाट रुसमा ५ किलो अवैध लागूऔषध चरेश पठाउने कार्यमा संलग्न रहेको अभियोगमा लमजुङ वेशीसहर नगरपालिका-१० ठेगाना भएका ५२ वर्षीय टेक बहादुर राउतलाई ललितपुर महानगरपालिका-३ पुलचोकबाट शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    नेपालबाट पठाउनेमा कीर्ति क्राफ्ट लिमिटेड काठमाडौं र पाउनेमा उल्लेख गरी रुस पठाएकोभित्रबाट उक्त चरेश बरामद भएको थियो । उक्त घटनामा मुद्दामा रुसमा अनुसन्धान भइरहेकोमा रुस सरकारबाट पारस्परिक कानूनी सहायताका लागि लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरमा पत्र पाप्त भएपश्चात थप अनुसन्धान गर्ने क्रममा उक्त व्यूरोबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्न राउतलाई ललितपुर, ललितपुर महानगरपालिका-३ पुलचोकमा फेला पारी पक्राउ गरेको हो ।

    images

    उनी उपर लागूऔषध चरेश कारोबार मुद्दामा थप अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij