Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

समुद्रमा बारूदी सुरुङ बिछाउन प्रयोग गर्न सकिने ईरानका १६ जहाज नष्ट

समुद्रमा बारूदी सुरुङ बिछाउन प्रयोग गर्न सकिने ईरानका १६ जहाज नष्ट

  • काठमाडौँ । अमेरिकाले समुद्रमा बारूदी सुरुङ बिछाउन प्रयोग गर्न सकिने ईरानका १६ वटा जहाज नष्ट गरेको जनाएको छ । अमेरिकी पक्षले ती जहाजहरू समुद्री मार्गमा सुरक्षालाई खतरा पुर्‍याउन प्रयोग हुन सक्ने भन्दै कारबाही गरिएको बताएको हो ।

    onlinepatrika
    Arghakhachi

    यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ईरानलाई होर्मुज जलडमरूमध्यमा समुद्रभित्र बारूदी सुरुङ नराख्न चेतावनी दिएका थिए । उनले हालसम्म ईरानले उक्त क्षेत्रमा सुरुङ बिछाएको ठोस प्रमाण नभेटिएको बताए पनि यदि त्यसो गरिएको पाइए अमेरिकाले कडा जवाफ दिने चेतावनी दिएका थिए ।

    AGNI GROUP

    ट्रम्पले आफ्नो सामाजिक सञ्जालमार्फत होर्मुज जलडमरूमध्यमा सुरुङ राखिएको भए तुरुन्त हटाउन आग्रह गरेका थिए। उनले यदि ईरानले त्यस्ता सुरुङ हटायो भने त्यसलाई सकारात्मक कदमका रूपमा लिन सकिने पनि बताएका छन् ।

    अर्को सन्देशमा ट्रम्पले अमेरिकाले समुद्रमा सुरुङ बिछाउन प्रयोग गरिने १६ वटा डुङ्गामाथि आक्रमण गरी पूर्ण रूपमा नष्ट गरेको दाबी गरेका छन्। उनले आवश्यक परे यस्ता कारबाही आगामी दिनमा पनि जारी रहने चेतावनी दिएका छन् ।

    यसैबीच अमेरिकी केन्द्रीय कमान्डले सामाजिक सञ्जालमार्फत एक भिडियो सार्वजनिक गर्दै ईरानको समुद्री सैन्य क्षमतालाई कमजोर बनाउने प्रयास भइरहेको जनाएको छ । अमेरिकी पक्षका अनुसार ईरानी सैन्य गतिविधिले विगत केही वर्षदेखि अन्तर्राष्ट्रिय जहाज आवतजावतलाई जोखिममा पार्दै आएको आरोप लगाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट