Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । थाइल्याण्डको एक कार्गो पानी जहाजमाथि आक्रमण भएको छ ।
होर्मुज जलमण्डल हुँदै गइरहेको थाई झण्डा बोकेको एक कार्गो पानी जहाजमाथि आक्रमण भएको थाइल्यान्डको नौसेनाले जनाएको छ । जहाजका चालकदलको उद्धार गर्न कार्य भइरहेको छ ।
रोयल थाई नेवीले जारी गरेको विज्ञप्तिमा जहाजमा २३ जना थाई चालकदलका सदस्य सवार रहेको उल्लेख छ । थाई अधिकारीहरूका अनुसार ओमानको नौसेनाले २० जना चालकदल सदस्यलाई उद्धार गरिसकेको छ भने बाँकी तीन जनाको उद्धार प्रक्रिया जारी छ ।
विज्ञप्तिमा यूएईको अबुधाबीस्थित खलिफा पोर्टबाट पानीजहाज प्रस्थान गरेको केही घण्टापछि आक्रमण भएको पनि उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार आक्रमणका कारणबारे अझै अनुसन्धान भइरहेको छ । हालसम्म थाई कार्गो जहाजमाथि कसले आक्रमण गरेको हो भन्ने जानकारी सार्वजनिक भएको छैन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij