Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

  • काठमाडानैं । पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर युनिटमा भर्ना भई उपचाररत कम्तिमा १० जना बिरामीहरूको मृत्यु भएको जनाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    ओडिसा राज्यको कटक सहरको एससीबी मेडिकल कलेजमा सोमबार  आगलागी भएको मुख्यमन्त्री मोहन चरण माझीले पत्रकारहरूलाई बताएका छन् । बिरामीहरूको उपचार भइरहेको ट्रामा आईसीयू वार्डमा विद्युतसर्किटका सर्ट भएका कारण आगलागी भएको बताएका छन् । 

    AGNI GROUP

    घटनाको समयमा २३ जना  बिरामी उपचाररत रहेको पुष्टि गर्दै उनले आगलागीपछि १० जनाको मृत्यु भएको र बाँकी बिरामीलाई अन्य वार्डमा सारिएको जनाएका छन् । बिरामीहरूलाई बचाउने प्रयास गर्दा कम्तीमा ११ जना कर्मचारीहरू जलेर घाइते भएको जनाइएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल मार्फत पीडित परिवारप्रति समवेदना प्रकट गर्दै पीडित  परिवारका लागि क्षतिपूर्तिको घोषणा गरेका छन् ।

    यस अघि सन् २०२४ मा तमिलनाडुको एक निजी अस्पतालमा आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु भएको थियो भने दुई दर्जन भन्दा बढी घाइते भएका थिए भने सोही वर्ष उत्तर प्रदेशको एक अस्पतालमा आगलागी हुँदा दश जना नवजात शिशुको मृत्यु भएको थियो ।
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट