Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इरानले हान्यो इजरायलमा धेरैवटा क्षेप्यास्त्र, यूएईले बन्द गर्‍यो हवाई क्षेत्र

इरानले हान्यो इजरायलमा धेरैवटा क्षेप्यास्त्र, यूएईले बन्द गर्‍यो हवाई क्षेत्र

  • काठमाडौँ । इजरायली सेनाले इरानबाट प्रहार गरिएका क्षेप्यास्त्र इराजयलतर्फ बढिरहेको भन्दै जोखिम क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेको छ।

    onlinepatrika
    Arghakhachi

    टेलिग्राममा पोस्ट गरिएको आपत्‌कालीन अलर्टमा भनिएको छ, ‘खतरा रोक्न रक्षा प्रणाली सक्रिय पारिएको छ।’

    AGNI GROUP

    यसैबिच रोयटर्सका अनुसार इरानबाट क्षेप्यास्त्र र ड्रोन आक्रमणको खतराबिच संयुक्त अरब इमिरेट्स (यूएई) ले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ।

    यूएईको सरकारी समाचार एजेन्सीले मंगलबार उल्लेख गरेअनुसार उड्डयन अधिकारीहरूले ‘असाधारण सावधानी कदम’का रूपमा देशको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका छन्।

    अमेरिका-इजरायले गत फेब्रुअरी २८ मा संयुक्त हवाई हमला गरी इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको हत्या गरेयता लडाइँ जारी छ। 

    जवाफमा इरानले इजरायल र अमेरिकी अड्डा रहेका खाडीका देशहरूमा ड्रोन/क्षेप्यास्त्र प्रहार गर्दा मध्यपूर्वभरि द्वन्द्व फैलिएको छ।

    यसैबिच इरानले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई खोजी-खोजी मार्ने चेतावनी दिएको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट