Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

इन्धन बचत गर्न श्रीलंकामा सरकारी कार्यालय र शिक्षण संस्था सातामा चार दिन खुल्ने

इन्धन बचत गर्न श्रीलंकामा सरकारी कार्यालय र शिक्षण संस्था सातामा चार दिन खुल्ने

  • काठमाडौँ । श्रीलंका सरकारले इन्धन बचत गर्न महत्वपूर्ण निर्णय गर्दै हप्तामा चार दिन मात्रै काम गर्ने व्यवस्था लागू गर्ने जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    विश्वव्यापी रूपमा इन्धन आपूर्तिमा परेको असरलाई ध्यानमा राख्दै यस्तो कदम चालिएको सरकारको भनाइ छ । अब सरकारी कार्यालय, विद्यालय र क्याम्पसहरू हप्तामा चार दिन मात्र सञ्चालन हुनेछन् ।

    AGNI GROUP

    सरकारले सर्वसाधारणलाई अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरेको छ, ताकि पेट्रोल र डिजेलको खपत घटाउन सकियोस् । यसैबीच निजी क्षेत्रलाई पनि सोही व्यवस्था अपनाउन अपिल गरिएको छ । निजी कम्पनीहरूलाई पनि हप्तामा एक दिन अतिरिक्त बिदा दिन आग्रह गरिएको छ ।

    यद्यपि अस्पताल, बन्दरगाह तथा आकस्मिक सेवा भने पहिलेझैँ नियमित रूपमा सञ्चालन हुने जनाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट